वीपी कोइरालाको स्मृति दिवसमा क्यान्सर अस्पतालमा वृक्षारोपण

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • वीपी कोइरालाको स्मृति दिवसमा क्यान्सर अस्पतालमा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसमा क्यान्सर अस्पतालमा वृक्षारोपण

चितवन, साउन ६-

चितवन। वी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको आयोजनामा ४० औं स्मृति दिवस वृक्षारोपण कार्यक्रम गरी सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम, अतिथि वरिष्ठ प्रशासक गृहीनारायण महतो र बागवानी शाखाको संलग्नतामा भएको वृक्षारोपण कार्यक्रममा २०० वटा फूलहरू क्यान्सर अस्पतालको दुई नम्बर गेटबाट त्रिचोक नर्सिङ कलेजसम्म रोप्ने कार्य भएको छ ।

जननेता वी. पी. कोइरालाको निधन प्राणघातक घाँटीको क्यान्सर रोगको कारण भएको हो। उनी क्यान्सर रोगको उपचार सकेर स्वदेश फिर्ता भएको समयमा देशमा एउटा पनि क्यान्सर अस्पताल नरहेको अवस्थामा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई अमेरिका जान प्रस्ताव गरेको तर उनी आफ्नै देशमा प्राण त्याग गर्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *