नेपाल राष्ट्र बैंकले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने

  • Home
  • -
  • अर्थ समाचार
  • -
  • नेपाल राष्ट्र बैंकले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने
नेपाल राष्ट्र बैंकले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौ, साउन ६-
नेपाल राष्ट्र बैंकले आज अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

आज बसेको सञ्चालक समितिको बैठकबाट मौद्रिक नीति पास गरेर सार्वजनिक गर्ने तय भएको हो । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गर्न लाग्नुभएको हो ।

मौद्रिक नीति सार्वजनिक भएपश्चात् भर्चुअल माध्यममार्फत साँझ ५ बजे पत्रकार सम्मेलन समेत गरिने अर्थ मन्त्रालयले तयारी गरेको छ ।

राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार मौद्रिक नीति सार्वजनिकका लागि लाइभ ९प्रत्यक्ष प्रशारण० को व्यवस्था गरिएको छ ।

विभिन्न टेलिभिजनमार्फत र बैंकको आधिकारिक वेबसाइट पोटलबाट समेत प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *