देशभर आज थप १३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • देशभर आज थप १३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु
देशभर आज थप १३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो ।

जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *