चट्याङ लागेर बागलुङमा एक महिलाको मृत्यु

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • चट्याङ लागेर बागलुङमा एक महिलाको मृत्यु
चट्याङ लागेर बागलुङमा एक महिलाको मृत्यु

बागलुङ, १५ असार

चट्याङ लागेर बागलुङको काठेखोला गाउँपालिका-४ मा एक महिलाको मृत्यु भएको छ । तंग्रामको फापरखेत घर भएकी २८ वर्षीया शुष्मा पुनको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा खाना बनाइरहेको अवस्थामा चट्याङ लागेको र गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । – न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *