अवैध लागूऔषधसहित तीन जना पक्राउ

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • अवैध लागूऔषधसहित तीन जना पक्राउ
अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं, ९ असार

कास्की र रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानरपालिका–९ शिवटोल बस्ने १९ वर्षीय निखिल खड्का सहित छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रुपन्देहीको कञ्चन गाउँपालिका–१ बकुलघाटबाट करिब २ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीय महेश प्रसाद थारु रहेका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।- न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *