नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन्ः सभापति देउवा

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन्ः सभापति देउवा
नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन्ः सभापति देउवा

पाटन १६ साउनः 
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताउनुभएको छ ।

नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले नेपाली कांग्रेस थारु समुदायको उत्थान र विकासका लागि सधैँ इमान्दार भएर प्रयासरत रहेको बताउनुभयो ।

“देशमा कुनै पनि एकल जातिको बहुमत छैन, यहाँ सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् ।

संविधानले पनि आदिवासी, जनजाति सबैलाई समेटेको छ, समावेशी लोकतन्त्रको मूल्यमान्यता अनुसार थारु समुदायले आफ्नो भूमिका निर्वाह गरिरहेको छ”, सभापति देउवाले भन्नुभयो ।

उहाँले नेपालका थारुहरूले जुनसुकै अप्ठ्यारो परिस्थिति आए पनि सधैँ देशप्रतिको इमान्दारिता कायम राख्दै आएका बताउँदै थारु समुदायको चरित्र लोकतान्त्रिक विशेषता, सामाजिक संरचना र परम्पराले स्पष्ट देखाउने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *