ममाथि दुर्व्यवहार भयो : सांसद चौधरी

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • ममाथि दुर्व्यवहार भयो : सांसद चौधरी
ममाथि दुर्व्यवहार भयो : सांसद चौधरी

काठमाडौं, जेठ २७-

सांसद चन्दा चौधरीले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका समयमा आफूमाथि करिब १०० जना आएर दुर्व्यवहार गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । शुक्रबारको प्रतिनिधि सभा बैठकमा उहाँले सो कुराको जानकारी दिनुभएको हो ।

“गत वैशाख २७ गते ममाथि दुर्व्यवहार भयो, करिब १०० जना मेरो घरमा आएर आमालाई गालीगलौज गर्ने काम गरे”, उहाँले भन्नुभयो, “त्यसको छोरीलाई छोड्न हुन्न, हातहतियार तयार गरौँ भनेर निर्दोष आमालाई तर्साउने काम गरियो ।

आफूलाई ४० मिनेटसम्म सुरक्षा दिएर लुकाएर राख्नुपरेको उल्लेख गर्दै उहाँले नेपालको सांसदमाथि हमला गर्ने प्रयास गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *