मोटरसाइकल दुर्घटनामा एमाले नेता राईको मृत्यु

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • मोटरसाइकल दुर्घटनामा एमाले नेता राईको मृत्यु
मोटरसाइकल दुर्घटनामा एमाले नेता राईको मृत्यु

विराटनगर, माघ २ –
इटहरी मोटरसाइकल दुर्घटनामा परेर एमाले नेताको मृत्यु भएको छ । सुनसरीको इटहरी २० तरहरामा भएको सवारी दुर्घटनामा परि भोजपुर हतुवा गढीका विजय राई (मुकेश) को मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका राईको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका वडा नं २० हिमशिखर बोर्डिङ स्कुल नजिकै भित्री सडक खण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनी नेकपा एमाले भोजपुर हतुवागढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *