काठमाडौं उपत्यकामा एकैदिन १८ सय १७ जना सवारी चालकमाथि कारवाही

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • काठमाडौं उपत्यकामा एकैदिन १८ सय १७ जना सवारी चालकमाथि कारवाही
काठमाडौं उपत्यकामा एकैदिन १८ सय १७ जना सवारी चालकमाथि कारवाही

काठमाडौं, २३ जेठ-

ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ८१७ जना चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४७ जना, मदिरा पिएर सवारी साधन चलाउने १४८ जना, तिब्र गतीमा सवारी साधन चलाउने ४० जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १८ जना चालकमाथि कारवाही गरिएको छ ।न्युज कारखाना

 

 

Latest News

Leave a Reply

Your email address will not be published. Required fields are marked *