एकीकृत समाजवादीको बैठकमा आगामी कार्ययोजनाबारे धारणा राख्दै नेताहरू

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • एकीकृत समाजवादीको बैठकमा आगामी कार्ययोजनाबारे धारणा राख्दै नेताहरू
एकीकृत समाजवादीको बैठकमा आगामी कार्ययोजनाबारे धारणा राख्दै नेताहरू

काठमाडौं, मंसिर २९ –
नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा नेताहरूले पार्टीको आगामी कार्ययोजना निर्माणबारे धारणा राखिरहेका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा कमिटीका सदस्यहरूले धारणा प्रस्तुत गरिरहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार, बैठकमा अध्यक्ष, वरिष्ठ नेताहरू र महासचिवले धारणा राख्न बाँकी छ ।

“अरू पदाधिकारीले आफ्ना धारणाहरू प्रस्तुत गरिसक्नुभएको छ । अब स्थायी कमिटीका सदस्यहरूले विचार प्रस्तुत गर्ने क्रम सुरु भएको छ,” खतिवडाले भने ।

आइतबारसम्म चल्ने बैठकमा पार्टी नीतिको प्रचार, पार्टी सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीबारे छलफल भइरहेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *