लोकतान्त्रिक निर्माण व्यवसायी संघ भरतपुर चितवनको अध्यक्षमा शैलेन्द्र भट्टराई

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • लोकतान्त्रिक निर्माण व्यवसायी संघ भरतपुर चितवनको अध्यक्षमा शैलेन्द्र भट्टराई
लोकतान्त्रिक निर्माण व्यवसायी संघ भरतपुर चितवनको अध्यक्षमा शैलेन्द्र भट्टराई

चितवन, २० असोज
लोकतान्त्रिक निर्माण व्यवसायी संघ भरतपुर चितवनको अध्यक्षमा शैलेन्द्र भट्टराई चयन भएका छन । भरतपुरमा सम्पन्न संघको चौँथो साधारण सभा एवं दोस्रो अधिवेशनले भट्टराईलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।

संघको पदाधिकारी र कार्यसमिति सदस्यहरु पनि सर्बसम्मत नै चयन भएका छन । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा विजयराज अधिकारी, महासचिवमा अशोक लोहनी, सचिवमा कोमल कोइराला र कोषाध्यक्षमा बाबुराजा सिंह ठकुरी निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यहरुमा कविराज आचार्य, आयुष श्रेष्ठ, यति श्रेष्ठ, दुर्गा तिमल्सिना, दिव्यदर्शन ढुंगाना र अरुण श्रेष्ठ चयन भएका नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष भट्टराई बिगत २६ वर्षदेखि निर्माण व्यवसायमा सकृय छन । निवर्तमान अध्यक्ष तारक बहादुर केसीको अध्यक्षमा भएको उद्घाटन सत्रमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख अतिथि थिए ।

प्रमुख अतिथि खनालले लोकतान्त्रिक निर्माण व्यवसायी संघलाई पार्टीको तर्फबाट हर प्रकारका सहयोग रहने प्रतिवद्धता जनाए । निर्माण व्यवसायीका समस्या समाधानका लागि सरकारलाई दबाब दिनुपरे पनि पार्टी तयार रहेको सभापति खनालको भनाइ थियो ।

उद्घाटनसत्रमा कांग्रेस जिल्ला सदस्य दामोदर न्यौपाने, निर्माण व्यवसायी संघका पूर्ब अध्यक्ष बाबुराम कंडेल, श्रीप्रकाश कंडेल, कांग्रेस भरपुर महानगर उपसभापति बुद्धिकान्त न्यौपाने लगायत अतिथि रहेका थिए । २०७२ सालमा स्थापना भएको संघमा १ सय १० जना भन्दा धेरै सदस्य रहेका छन । उद्घाटनसत्रको औपचारिक कार्यक्रम युवा निर्माण व्यवसायी भिष्म अधिकारीले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *