डेंगी संक्रमितको संख्या १५ हजारनजिक पुग्यो, चितवनमा मात्रै ८२९ जना संक्रमित

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • डेंगी संक्रमितको संख्या १५ हजारनजिक पुग्यो, चितवनमा मात्रै ८२९ जना संक्रमित
डेंगी संक्रमितको संख्या १५ हजारनजिक पुग्यो, चितवनमा मात्रै ८२९ जना संक्रमित

काठमाडौं, १७ असोज
सन् २०२४ जनवरीयता देशभर डेंगी संक्रमितको संख्या १५ हजारनजिक पुगेको छ । जनवरीदेखि सेप्टेम्बर अन्तिमसम्म १४ हजार ९७५ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

यो अवधिमा डेंगीबाट सातजनाको मृृत्यु भएको छ । सेप्टेम्बरका ३० दिनमा मात्र आठ हजार ८९ संक्रमित थपिएका (ईडीसीडी)ले जनाएको छ ।

काठमाडौं पनि डेंगीको ‘हटस्पट’ बनेको छ । काठमाडौंमा सेप्टेम्बरमा मात्र एक हजार ४३७ जना संक्रमित भएका छन् ।

हालसम्म सबैभन्दा धेरै कास्कीमा दुई हजार ३२१ जना संक्रमित भएका छन् । काठमाडौंमा एक हजार ९८६ जना संक्रमित भएका छन् । भक्तपुरमा २२३ र ललितपुरमा ४८९ जना संक्रमित भएका छन् ।

संक्रमित धेरै हुनेमा तनहुँ (एक हजार ७२६), पर्वत (एक हजार २८३), चितवन (८२९) पनि छन् । यीबाहेक अरू जिल्लामा ५०० भन्दा कम संक्रमित भएका छन् ।

यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *