त्रिवेणी (नवलपरासी), वैशाख १४- नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने सडक एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा अब २०० मिटर लम्बाइमा मात्र सडक ढलानको काम गर्न…
१४ वैशाख,काठमाडौं । सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीका पक्की घरहरुमा डोजर चलाएको छ । गत शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको थियो भने पक्की घरहरु बाँकी राखेको थियो । सोमबार बाँकी रहेको उक्त पक्की…
चितवन, वैशाख १४- जिल्लाका ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप लगाइने भएको छ । यहाँका पशुमा लम्पीस्किनको समस्या आउन सक्ने भएकाले खोप लगाउन लागिएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार खोप कार्यालयमा ल्याएर पालिकालाई वितरणको काम…
काठमाडौं,बैशाख १४- यस वर्षको कक्षा १२ को परीक्षा आज (वैशाख १४) देखि सुरु हुँदै छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स…
झापा, वैशाख १३ – पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को नौ महिनामा उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका…
वैशाख १३,काठमाडौं यतिबेला सुकुमवासी बस्तीमा करुणा र समभावको फरक दृश्य देख्न सकिन्छ। त्यहाँ आश्रित कुकुर, बिरालोलगायत पशुप्राणीलाई खाना खुवाउने र उद्धार गर्ने काममा कतिपय स्वतःस्फूर्त रूपमा खटिएका छन्। घरमै पकाएर ल्याएको खानेकुरा खुवाउनेदेखि कुकुर–बिरालोलाई सुरक्षित स्थानान्तरण गर्ने व्यवस्थासम्मका काम भइरहेको…
बुटवल, वैशाख १३ – बुटवलस्थित उच्च अदालतको अतिक्रमित सरकारी जग्गा खाली गराउन बिहान १० बजेदेखि डोजर चलाइएको छ । डोजर परिचालन भएसँगै त्यहाँ रहेका टहरा, पसल तथा अस्थायी संरचना हटाउने काम सुरु गरिएको हो । बुटवल उपमहानगरपालिकाले उच्च अदालतको अनुरोधमा…
काठमाडौं, वैशाख १३- अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६…
दमौली (तनहुँ), वैशाख १३- आँबुखैरेनी गाउँपालिका–६ मा पहिलोपटक सडक कालोपत्र गर्न थालिएको छ । हालसम्म उक्त वडाका कुनै पनि सडक कालोपत्र गरिएका थिएनन् । वर्षौँदेखि कच्ची सडकको सास्ती भोग्दै आएका यहाँका बासिन्दाले अब सहज र सुरक्षित यातायात सुविधा पाउने आशा…
रुकुमपूर्व, वैशाख १३- शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण यहाँका दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो । अन्य सहायक मार्ग पनि पहिरोका कारण अवरुद्ध भएको ट्राफिक प्रहरी…