९ वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार दुईपल्ट भेट्दा गृहमन्त्री सुधन गुरुङसँग एकमात्रै एजेन्डा आफ्नो पद थमौती थियो । प्रधानमन्त्री बालेन शाहसामू हतारमा श्रममन्त्री दीपक साह हटाउनुको मानसिक दबाब थियो । स्वास्थ्य बीमा बोर्ड सदस्यको रूपमा श्रीमतीलाई हाजिर…
काठमाडौं, वैशाख ९- सहकारीका बचतकर्ताको निक्षेप फिर्ताका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सक्रिय बनेको छ । समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुली गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर बुधवार बिहान मन्त्रालयले चार्टर्ड एकाउन्टेन्टहरुसँग छलफल गरेको…
काठमाडौं, वैशाख ९- ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा काम सुरू गरेको छ। राजकुमार भण्डारीको अध्यक्षतामा गठन गरिएको पाँच सदस्यीय आयोगलाई सरकारले एक वर्षको कार्यकाल दिएको हो। २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वसर्वोच्च अदालतका न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा…
काठमाडौँ, वैशाख ९ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय अनलाइन मिडिया र सामाजिक सञ्जालहरूमा आधारहीन, मिथ्या तथा भ्रामक सामग्रीहरूको प्रसार बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ। मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता कपोलकल्पित सूचना सामग्रीहरूले आम…
काठमाडौं, वैशाख ९ – गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । प्रधानमन्त्री…
काठमाडौँ, वैशाख ९ – मेडिकल व्यवसायी तथा दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१)…
पश्चिम नवलपरासी, ९ वैशाख – पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरमा आगलागी हुँदा १२ घर जलेका छन् । आगलागीबाट करिब साढे चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार आगलागी मंगलबार दिउँसो भएको…
काठमाडौँ, ९ वैशाख – सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवसायीलाई पत्राचार गर्दै यस्तो निर्देशन…
काठमाडौँ, वैशाख ८ – विद्यार्थी सङ्गठनहरू खारेजी प्रक्रिया अलोकतान्त्रिक र असंवैधानिक भएको संयुक्त विद्यार्थी सङ्गठनले जिकिर गरेको छ । मंगलबार संवाद डबलीमा भएको कार्यक्रममा सङ्गठनले स्कुल, कलेजमा प्रहरी पोस्टको तयारीले बालेन सरकारले पतनको बाटो रोजेको बताएका छन् । नेपाल विद्यार्थी…
काठमाडौं, बैशाख ८ – सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद…